Have you any question?

097-541175

bajura@fwu.edu.np

Notice Detail

इन्टर्नसिप तथा स्वयं सेवा कार्यक्रममा सहभागिताका लागि सूचना प्रकाशित गरिएको बारे ।

  • By / Admin
  • Feb 12, 2025
  • Notice for: All

श्री सुदूरपश्चिम विश्वविद्यालय सम्पूर्ण संकाय / क्याम्पस/स्कुल/विभाग 

विषय : इन्टर्नसिप तथा स्वयं सेवा कार्यक्रममा सहभागिताका लागि सूचना प्रकाशित गरिएको बारे । 

उपरोक्त विषय सम्वन्धमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको इन्टर्नसिप तथा स्वयं सेवा परिचालन कार्यक्रम अनुसार यस सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकाय /क्याम्पस/स्कुल/विभाग अन्तर्गत अध्ययनरत रहेका विद्यार्थीहरु सहभागि हुन पाउने भएको हुँदा तपसिल अनुसारको मापदण्ड पुगेका विद्यार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १० दिन, भित्र आवेदन दिन हुन सम्बन्धित सवैका लागि यो सूचना प्रकानशित गरिएको छ । 

तपशिलः 

१. सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहको आठौं सेमेष्टर र स्नातकोत्तर तहको चौथो सेमेष्टरमा अध्यययनरत रहेको । 

• २. सम्वन्धित कक्षामा भर्ना भई नियमित विद्यार्थीको रुपमा अध्ययनरत रहेको । 

३. अन्य सेमेष्टरहरु उत्तीर्ण गरेको । 

४. माँग भए अनुसारः-कृषि ४ जना, शिक्षाशास्त्र-४ जना, विशेष आवस्यता शिक्षा-१ जना, व्यवस्थापन-

४ जना, विज्ञान प्रविधि CSIT-४ जना, इन्जिनियरिङ्ग-४ जना, मानविकी तथा सामाजिकशास्त्र-४ जना गरी जम्मा २५ जना प्रशिक्षार्थीहरुको छनोट गरिने । 

नोटः इन्टर्नसिप तथा स्वयं सेवाका लागि विद्यार्थी छनौट तथा अन्य व्यवस्था “सुदूरपश्चिम • विश्वविद्यालय स्वयंसेवा तथा प्रशिक्षण परिचालन कार्यक्रम कार्यविधि २०८१” अनुसार हुनेछ ।