विषयः कक्षा संचालन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा बाजुरा क्याम्पसमा स्नातक तहका
कक्षाहरु विहानीको समयमा संचालन गरिदै आएकोमा
विहानीको समयमा कक्षाकोठा र शिक्षकहरू समेतको
अभाव हुने भएकाले शिक्षाशास्त्र सङ्काय र मानविकीशास्त्र सङ्काय
स्नातक तह पाँचौं सेमेस्टर र व्यपस्थापन सङ्काय छैटौं सेमेस्टरका
कक्षाहरू मिति २०८१ फागुन २५ गतेदेखि दिउँसो ३ बजेबाट संचालन
गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।
रूपबहादुर रौले
क्याम्पस प्रमुख