उपरोक्त विषय सम्बन्धमा सुदूरपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालय, सामान्य प्रशासन महाशाखाको मिति २०८१/११/१२ गते प.सं. २०८१/०८२ च.नं. ४२७ को प्राप्त पत्रानुसार सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषदको मिति २०८१/११/११ गतेको निर्णय अनुसार स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचन मिति २०८१ चैत्र २७ गते तोकिएको तथा भर्ना हुन बाँकी विद्यार्थीहरूलाई मिति २०८१/१२/१० गते सम्ममा भर्ना गराई सक्नुपर्ने परिपत्र भए अनुसार यस यस क्याम्पसमा विभिन्न सङ्काय, तह र सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले सोहि मिति सम्ममा आआफ्नो भर्ना अनिवार्य रूपमा गर्न हुन सूचित गरिन्छ । रूप बहादुर रौले क्याम्पस प्रमुख बिषयः विद्यार्थी भर्ना सम्बन्धी सूचना ।