सुदूरपश्चिम विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय महेन्द्रनगर, कञ्चनपुर ।
स्नातक तह छैटौं तथा कानून सङ्कायतर्फ नवौं, Forestry चौथो र स्नातकोत्तर तह चौथो सेमेस्टरको परीक्षा दिने परीक्षार्थीहरूको (Online) परीक्षा आवेदन फाराम प्रविष्टि गर्ने सम्बन्धी सूचना ।
सूचना प्रकाशित मिति: २०८२ । ०८ । १६ गते
सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय महेन्द्रनगरद्वारा वि.सं. २०८२ सालमा संचालन हुने सेमेस्टर प्रणालीमा सञ्चालित स्नातक तह छैटौं तथा कानून सङ्कायतर्फ नवौं, प्राकृतिक स्रोत व्यवस्थापन सङ्काय अन्तर्गत Forestry चौथो सेमेस्टरको र स्नातकोत्तर तह चौथो सेमेस्टरको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरू स्वयम्ले यस कार्यालयको Website: www.fwuexam.edu.np मा Online Portal मा Login गरी या www.exam.fwu.edu.np मा Login गरी मिति २०८२ पुस १ गतेसम्म निम्नानुसार आ-आफ्नो विवरण प्रविष्टि गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
निम्न
१. फाराम भर्दा वि.वि को नियमावली / (स्वीकृत विषय) तथा पाठ्यक्रमले तोके बमोजिम विषयहरू मात्र भर्नु पर्ने छ।
अन्यथा भएमा प.नि.का. जवाफदेही हुने छैन ।
२. यस कार्यालयको Website: www.fwuexam.edu.np मा Online Portal मा Click गरी Login गर्ने या www.exam.fwu.edu.np मा गई Login गर्ने । Login गर्नको लागि User Name मा आफ्नो रजिष्ट्रेसन नम्बर राख्ने र Password मा आफ्नो जन्म मिति राख्ने । यसरी पहिलो पटक Login गरेपछि विद्यार्थीले अनिवार्यरुपमा Password Change गर्नु पर्नेछ । यसरी Password Change गर्नको लागि Current Password Box मा सोही Password (जन्म मिति) राख्ने, New Password Box मा नयाँ Password राख्ने र New Password Confirm Box मा नयाँ राखेको Password पुनः राखेर Save Changes मा Click गर्ने। यसरी Password Change गरिसकेपछि पुनः रजिस्ट्रेसन नम्बर र नयाँ परिवर्तन गरेको Password राखी Login गर्नु पर्ने छ ।
३. त्यसपछि पेजको दायाँपट्टी देखिने पहिलो बक्समा विद्यार्थीले पासपोर्ट साइजको दुवै कान प्रष्ट देखिने गरी Background क्लियर भएको फोटो र दोस्रो बक्समा लाइन नभएको सेतो कागजमा हस्ताक्षरको बढिमा 2MB को .jpg वा.png file Upload गर्ने ।
४. पेजको बायाँपट्टी Dash board मा रहेको Exam forms मा या Pencil () जस्तो देखिने चित्रमा Click गरेर आफूले फाराम भर्ने सङ्काय, तह, समेस्टर र परीक्षा वर्ष लेखेको समूह (Exam Schedule) को दायँपट्टी रहेको Pay Rs 800 मा स्नातक तहको लागि र Pay Rs 1200 मा स्नातकोत्तर तहको लागि Click गर्ने ।
५. Practical Subjects भएका विद्यार्थीहरूका लागि मात्र यसपछि Practical विषय भएका परीक्षार्थीले Practical Subjects को तलपट्टीको Box मा जति विषय Practical छन् त्यतिनै अङ्क छान्ने । (प्रयोगात्मक शुल्क :- प्रति विषय रु ५० का दरले लाग्ने छ ।) (Practical Subjects को संख्या सही नभएको खण्डमा परीक्षा आवेदन फाराम Submit हुने छैन) । Practical विषय नभएका परीक्षार्थीले यो Box छान्नु पर्दैन ।
६. त्यसपछि शुल्क भुक्तानिको लागि तलपट्टी रहेको खल्ती Khalti App वा Connect IPS वा eSewa को चित्र (Icon) मा Click गर्ने र आफ्नो Khalti/Connect IPS/eSewa को ID/Username र Passsword राखी Submit मा Click गर्ने ।
७. शुल्क भुक्तानी गरिसकेपछि सम्बन्धित सेमेस्टरका सबै विषयहरू देखिने छन् । विद्यार्थीहरूले आफूले परीक्षा दिने विषय Theory भए Theory को र Practical भए Practical मा र दुवै भएमा दुबै Column को Check Box() हरूमा Tick() गर्ने । (विषय छनोट गर्दा फरक विषयहरू छनोट गरेको खण्डमा परीक्षा दिन पाइने छैन। त्यसैले विषय छनोट गर्दा प्रत्येक विद्यार्थीहरूले आ-आफ्नो विभाग/क्याम्पसमा गएर विषय र कोड नम्बर अनिवार्य थाहापाउनु पर्ने छ । अन्यथा भएमा प.नि.का. जवाफदेही हुने छैन ।)
८. विषय छनोट गरिसकेपछि तलपट्टी रहेको Submit Application मा Click गर्ने ।
९. साधारण म्याद सकिएको ७ दिन भित्र दोब्बर दस्तुरसहित फाराम भर्न सकिनेछ ।
नोटः क्याम्पस/विभागले (१) आफ्नो विद्यार्थीले भरेका प्रत्येक फारामहरू रूजु गरेर नियमित विद्यार्थीको आन्तिरिक मुल्याङ्कन परीक्षाको प्राप्ताङ्क प्रविष्ट गरेर गर्नु पर्नेछ ।
परीक्षा नियन्त्रक