(Registration)फाराम भर्ने सम्बन्धी सूचना ।
उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०८२/०८३ मा यस क्याम्पसको स्नातकोत्तर तहअन्तर्गत शिक्षाशास्त्र र मानविकी तथा सामाजिकशास्त्र संकाय (M.Ed. र MDS)को प्रथम सेमेष्टरमा नयाँ भर्ना भएका विद्यार्थीहरुको विश्वविद्यालयमा नामदर्ता (Registration)फाराम मिति २०८२॥१२।१०गतेभित्र तपसिलका कागजातसहित नाम दर्ता (Registration)फाराम भरी क्याम्पसमा बुझाउन हुन जानकारीको लागिसूचित गरिन्छ ।
आवश्यक कागजातहरु :
१. PP Sizeफोटो (हालसालै खिचेको दुवै कान प्रष्ट देखिने) १ प्रति ।
२. एस.एल.सी./एस.ई.ई. वा सो सरह उत्तीर्ण गरेकोलब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्रको प्रतिलिपी -१/१ थान ।
३. +२ तह वा सो सरह उत्तीर्ण गरेकोट्रान्सक्रिप्ट सर्टिफिकेट, प्रोभिजनल र चारित्रिक प्रमाण पत्रकोप्रतिलिपी-१/१ थान ।
४. स्नातक तह वा सो सरह उत्तीर्ण गरेकोट्रान्सक्रिप्ट सर्टिफिकेट र चारित्रिक प्रमाण पत्रको प्रतिलिपीs -१/१ थान ।
५. स्नातक तह वा अन्तिम तह अध्ययन गरेकोविश्वविद्यालय/संस्थाबाट प्राप्त गरेको माईग्रेशन प्रमाण पत्रको सक्कलै प्रति
६. विदेशी शैक्षिक संस्था वा अन्य बोर्डबाटअध्ययन गरी आएका विद्यार्थीहरुको समकक्षता निर्धारण (Equivalent)प्रमाणपत्र अनिवार्यहुनुपर्नेछ ।
७. विश्वविद्यालय नाम दर्ता आवेदन शुल्क रु. १,०००/- (अक्षरेपी रु. एक हजार मात्र)
·
· माईग्रेसन ननिकालेको भएमा रजिष्ट्रेशन भर्नु नपर्ने र निकालेकाविद्यार्थीहरूको हकमा सक्कलै माईग्रेशन समेत बुझाउनु पर्ने छ ।
· विद्यार्थीको आफ्नो नामथर, जन्म मिति, बुवाको नामथर र अन्य व्यहोरा सुरुदेखिअन्त्यसम्मका सम्पूर्ण प्रमाणपत्रहरुमा एकरुपता (Same)हुनुपर्नेछ ।
================
रूपबहादुर रौले
क्याम्पस प्रमुख