सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय महेन्द्रनगर, कञ्चनपुर
पत्र संख्या: २०८२/०८३
मिति :- २०८२/१२/०१
चलानी नं. :-
स्नातक तह पहिलो र तेस्रो सेमेस्टरको परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरिएको सूचना ।
सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय महेन्द्रनगरको पूर्व प्रकाशित सूचना अनुसार स्नातक तह पहिलो र तेस्रो सेमेस्टरको नियमित तथा आंशिक सत्रान्त परीक्षाको परीक्षा आवेदन फाराम भर्ने अन्तिम मिति समाप्त भइसकेको तर केही विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेकोले म्याद थप गरिदिन भनि क्याम्पसहरूवाट माग भई आएकोले मिति २०८२/१२/०८ गतेसम्म साबिकको शुल्कसहित परीक्षा आवेदन फाराम भर्न भराउन सकिनेगरी म्याद थप गरिएकोले परीक्षा नियन्त्रण कार्यालयको Website: www.fwuexam.edu.np मा Online Portal मा Login गरी विवरण प्रविष्टि गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Aldays (अनुराधा रोकाया)
परीक्षा नियन्त्रक