Have you any question?

097-541175

bajura@fwu.edu.np

News Detail

  • By / Admin
  • Apr 14, 2025

बाजुरा क्याम्पसमा प्रशासनिक भवन निर्माण हुदैँ, उपकुलपति पन्तद्धारा शिलान्यास

बाजुरा क्याम्पसमा प्रशासनिक भवन निर्माण हुदैँ, उपकुलपति पन्तद्धारा शिलान्यास ।


बाजुरा—सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बाजुरा क्याम्पसमा नयाँ प्रशासनिक भवन निर्माण हुने भएको छ । मार्तडीमा रहेको उक्त क्याम्पसको भवनको सोमवार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले शिलान्यास गरेसँगै निर्माण कार्य सुरु भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको लगानीमा निर्माण हुन लागेको चार तले पक्की मूल भवनको विधिवत् रुपमा पूजाआजासहित शिलान्यास गरिएको बाजुरा क्याम्पस प्रमुख रुपबहादुर रौलले बताए । यसअघि भौतिक संरचना अभावमा पठनपाठनमा समस्या भइरहेको भए पनि अब सुविधा सम्पन्न नयाँ भवन निर्माण कार्य सुरु भएसँगै सहजता हुने उनले विश्वास व्यक्त गरे ।

त्यस्तै उक्त भवन निर्माण कार्यको जिम्मा बेतालमाडौं शिवम जेभीले २०८३ असोजसम्म काम सम्पन्न गर्ने गरी ४ करोड ७० लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ ।

बाजुरा क्याम्पसमा निर्माण हुन लागेको भवनको शिलान्याससँगै नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको छ ।

क्याम्पस प्रमुख रुपबहादुर रौलेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा उपकुलपति प्रा.डा. हेमराज पन्त प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै उपकुलपति पन्तले बाजुरा क्याम्पसको भौतिक तथा शैक्षिक समस्या समाधानका लागि सदैव तत्पर रहेको बताएका छन् ।

त्यस्तै कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन प्रा.डा. हेमनाथ जोशी, नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य गगन रावल, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य उमा राेकाया, नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी सदस्य अशाेक रावल, बडीमालिका नगरपालिका ७ का अध्यक्ष धर्मराज पाध्याय, सस्थापक क्याम्पस सञ्चालक समिति अध्यक्ष ज‍ङ्ग थापा, सस्थापक क्याम्पस प्रमुख बिर बहादुर कटुवाल, वडा नम्बर ८ का पूर्व अध्यक्ष प्रकाश रावल, स्ववियू अध्यक्ष लक्ष्मण राेकाया, क्याम्पसका उपप्राध्यापक तथा शिक्षक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन बाजुरा क्याम्पसका प्रशासन शाखा प्रमुख मदनराज जोशीले गरेका हुन् ।