Have you any question?

097-541175

bajura@fwu.edu.np

News Detail

  • By / Admin
  • May 29, 2025

क्याम्पसका कर्मचारीहरुको क्षमता बिकास तालिम संचालन

 बाजुरा– सुदुरपश्चिम बिश्वबिध्यालय अन्तरगत बाजुरा क्याम्पसमा कर्मचारीको क्षमता बिकास तालिम संचालन भएको छ । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसमा सो तालिम संचालन गरिएको हो । सुदुरपश्चिम बिस्वबिध्यायल अन्तरगत बिभिन्न क्याम्पसका कर्मचारीहरुको क्षेमता बिकाशका लागि सो तालिमको आयोजना गरिएको बाजुरा क्याम्पसका प्रशासन कर्मचारी मदन राज जैशीले बताए । सुदुरपश्चिम बिस्वबिध्यालय बाजुरा क्याम्पसको आयोजना तथा बिश्वबिध्यालय अनुदान आयोग भक्तपुरको आर्थिक सहयोगमा सो तालिमको आयोजना गरिएको जैशीले बताए ।

तालिमको उद्धघाटन कार्यक्रम बाजुराका क्याम्पसका क्याम्पस प्रमुख रुपक बहादुर रौलेको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए । कार्यक्रमका बिषिष्ठ अतिथि सुदुरपश्चिम बिस्वबिध्यालका लेखा नियन्त्रक अशोकसिहं  भण्डारी रहेका थिए । त्यसै गरी कार्यक्रममा उद्धघाटन कार्यक्रमको स्वागत बाजुरा क्याम्पसका निबर्तमान क्याम्पस प्रमुख सुरेश प्रशाद पण्डितले गरेका थिए भने कार्यक्रमको संचालन बाजुरा क्याम्पसका प्रशाशन शाखाका मदनराज जैशीले गरेका थिए ।

कार्यक्रममा सुदुरपश्चिम बिश्वबिध्यालय अन्तरगतका क्याम्पसका कर्मचारी,बाजुरा क्याम्पसका स्वबियु अध्यक्ष लक्ष्मण रोकाया लगायतको उपस्थिती रहेको थियो । तालिम आज देखी १७ गतेसम्म बाजुरा क्याम्पसको तालिम हलमा संचालन हुने भएको छ । बिश्वबिध्यालय अनुदान आयाेगकाे सहयाेगमा स‌चालन भएकाे साे तालिमकाे सहजिकरण सुदुरपश्चिम बिस्वबिध्यालयका सहायक प्रशासक सन्ताेष बिष्ट, सुदुरपश्चिम बिस्वबिध्यालयका लेखा नियन्त्रक अशाेकसिह‌ भण्डारी , बाजुरा क्याम्पसका क्याम्पस प्रमुख रुपक बहादुर राैले लगायत धन बहादुर बुढा,सुरेश प्रशाद पण्डित, भिम बिष्टले गर्ने बाजुरा क्याम्पसले जनाएकाे छ ।

साे तालिममा सुदुरपश्चिम बिस्वबिध्यालय अन्तरगतका ३६ जना सहभागी रहेका छन । तालिममा दैनिक प्रशासनिक कार्य स‌चालन, लेखाप्रणाली ब्यवस्थापन, तनाव ब्यवस्थापन, विश्वबिध्यालयका निति नियमकाका बारेमा जानकारी गराइने बाजुरा क्याम्पसका प्रशासक जैशीले बताए ।