स्नातकोत्तर तह तेस्रो सेमेस्टरको पूरक परीक्षा (Supplementary Exam) दिने परीक्षार्थीहरूको (Online) परीक्षा
आवेदन फाराम प्रविष्टि गर्ने सम्बन्धी सूचना ।
सूचना प्रकाशित मिति: २०८२ । ११ । ११ गते
सुदूरपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७८ (संशोधन सहित २०७९) को परिच्छेद ४ को नियम ४.१.५. बमोजिम पूरक परीक्षा (Supplementary Exam) मा "नियमित रूपमा सहभागी भई सैद्धान्तिक परीक्षामा बढीमा दुई विषयमा मात्र अनुत्तीर्ण भएका विद्यार्थीहरू भागलिन पाउने छन्" भन्ने व्यवस्था भए अनुसार सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय महेन्द्रनगरद्वारा २०८२ सालमा संचालन हुने स्नातकोत्तर तह मानविकी तथा सामाजिक शास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय (सिएसआइटी) अन्तर्गत तेस्रो सेमेस्टरको पूरक परीक्षामा सहभागीहुने परीक्षार्थीहरू स्वयम्ले यस कार्यालयको Website: www.fwuexam.edu.np मा Online Portal मा Login गरी या www.exam.fwu.edu.np मा Login गरी मिति २०८२/११/२७ गते सम्म निम्नानुसार आ-आफ्नो विवरण प्रविष्टि गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
निम्न
१. फाराम भर्दा वि.वि को नियमावली (स्वीकृत विषय) तथा पाठ्यक्रमले तोके बमोजिम विषयहरू मात्र भर्नु पर्ने छ । अन्यथा भएमा प.नि.का. जवाफदेही हुने छैन ।
२. यस कार्यालयको Website: www.fwuexam.edu.np मा Online Portal मा Click गरी Login गर्ने या www.exam.fwu.edu.np मा गई Login गर्ने। Login गर्नको लागि User Name मा आफ्नो रजिष्ट्रेसन नम्बर राख्ने र Password मा आफ्नो जन्म मिति राख्ने । यसरी पहिलो पटक Login गरेपछि विद्यार्थीले अनिवार्यरुपमा Password Change गर्नु पर्नेछ । यसरी Password Change गर्नको लागि Current Password Box मा सोही Password (जन्म मिति) राख्ने, New Password Box मा नयाँ Password राख्ने र New Password Confirm Box मा नयाँ राखेको Password पुनः राखेर Save Changes मा Click गर्ने । यसरी Password Change गरिसकेपछि पुनः रजिष्ट्रेसन नम्बर र नयाँ परिवर्तन गरेको Password राखी Login गर्नु पर्ने छ ।
३. त्यसपछि पेजको दायाँपट्टी देखिने पहिलो बक्समा विद्यार्थीले पासपोर्ट साइजको दुवै कान प्रष्ट देखिने गरी Background क्लियर भएको फोटो र दोस्रो बक्समा लाइन नभएको सेतो कागजमा हस्ताक्षरको बढिमा 2MB को.jpg वा.png file Upload गर्ने ।
४. पेजको बायाँपट्टी Dash board मा रहेको Exam forms मा या Pencil () जस्तो देखिने चित्रमा Click गरेर आफूले फाराम भर्ने सङ्काय, तह, समेस्टर र परीक्षा वर्ष लेखेको समूह (Exam Schedule) को दायंपट्टी रहेको Pay Rs 1200 मा Click गर्ने ।
५. त्यसपछि शुल्क भुक्तानिको लागि तलपट्टी रहेको खल्ती Khalti App वा Connect IPS को चित्र (Icon) मा Click गर्ने र आफ्नो खल्तीको ID/Username र Passsword राखी Submit मा Click गर्ने ।
६. शुल्क भुक्तानी गरिसकेपछि सम्बन्धित सेमेस्टरका सबै विषयहरू देखिने छन् । विद्यार्थीहरूले आफूले परीक्षा दिने विषय Theory Column को Check Box () मा Tick() गर्ने। (विषय छनोट गर्दा फरक विषयहरू छनोट गरेको खण्डमा परीक्षा दिन पाइने छैन। त्यसैले विषय छनोट गर्दा प्रत्येक विद्यार्थीहरूले आ-आफ्नो विभाग/क्याम्पसमा गएर विषय र कोड नम्बर अनिवार्य थाहापाउनु पर्ने छ। अन्यथा भएमा प.नि.का. जवाफदेही हुने छैन ।)
७.. विषय छनोट गरिसकेपछि तलपट्टी रहेको Submit Application मा Click गर्ने ।
८. साधारण म्याद सकिएको ७ दिन भित्र दोबर दस्तुर लिई फाराम बुझिनेछ ।
नोटः क्याम्पस/विभागले आ-फ्नो विद्यार्थीले भरेका प्रत्येक फारामहरू रूजु गरेर Submit गर्नु पर्नेछ ।